एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३१ गते
एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माइकल फोले नियुक्त भएका छन्। उनी १५ कात्तिक २०८२ देखि कम्पनीको सीईओको रूपमा कार्यभार सम्हाल्नेछन्। नयाँ सीईओ नियुक्त भएपछि कार्यवाहक सीईओका रूपमा काम गरिरहेका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारी पाएका छन्।

एनसेलको विज्ञप्तिअनुसार, माइकल फोलेले दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा नेतृत्व र अनुभव बटुलेका छन्। एनसेलमा आबद्ध हुनुअघि उनले एयरटेल फ्रान्च अफ्रिकाका प्रमुखको रूपमा सातवटा अफ्रिकी बजार सफलतापूर्वक सञ्चालन गरेका थिए। उनले टेलिनोर पाकिस्तानको सीईओको रूपमा कम्पनीलाई अग्रणी बजार स्थिति दिलाएका थिए। त्यसअघि उनले ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा पनि सीईओको जिम्मेवारी निभाएका थिए, जहाँ उनले ग्राहक संख्या ७ करोडभन्दा बढी पुर्याउँदै नाफा ६० प्रतिशतभन्दा बढी वृद्धि गरेका थिए।

फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरिसकेका छन्। हाल उनी अफ्रिकाको प्रमुख माइक्रोफाइनान्स कम्पनी WATU DRC SA का अध्यक्षका रूपमा कार्यरत छन्। माइकल फोले फोल म्याकगिल विश्वविद्यालयका स्नातक गरेका हुन् भने INSEAD बाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा (Global Management and Governance) एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्। उनी क्यानडा र केन्याको नागरिक हुन्। एनसेलका प्रबन्ध निर्देशक एवं पूर्व सीईओ जाब्बोर कायुमोभले पारिवारिक कारण देखाउँदै गत साउनमा राजीनामा दिएका थिए। त्यसपछि सैयद इनामुल कबीरले कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स