बालेन शाहले राजीनामा दिएपछि कुर्सी हटाइएकोबारे महानगरको स्पष्टीकरण

बालेन शाहले राजीनामा दिएपछि कुर्सी हटाइएकोबारे महानगरको स्पष्टीकरण

काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रीका लागि राखिएका सार्वजनिक कुर्सी किन हटाइयो भन्नेबारे स्पष्टीकरण दिएको छ।

महानगरका अनुसार बालेन शाहले मेयरबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा सार्वजनिक स्थलका कुर्सी हटाइएको भन्दै आलोचना भएपछि कुर्सी मर्मतसम्भार र व्यवस्थापनका लागि झिकिएको हो। सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले भने, “सार्वजनिक स्थलमा कुर्सी हटाइएको होइन, त्यसलाई अझ राम्ररी व्यवस्थापन गर्न लागिएको हो। यात्रु चाप भएका ठाउँमा कुर्सीको संख्या बढाउने, एकरूपता ल्याउने र प्रयोगमैत्री बनाउने काम भइरहेको छ।”

महानगरले सिंहदरबार–भद्रकाली सडक खण्डमा राखिएका पुराना फलाम र काठ मिश्रित कुर्सीहरू मर्मतसम्भार र रंगरोगन गरी पुनः यथास्थानमा राख्ने तयारी गरेको छ।

सार्वजनिक स्थानमा २०८१ असोजमा १४० वटा कुर्सी राखिएका थिए। भद्रकाली–सिंहदरबार सडक खण्डमा ११ वटा कुर्सी छन् भने बागमती नदी करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचन लगायत ठाउँमा पनि कुर्सी राखिएका थिए।

महानगरले दोस्रो चरणमा ४९ नयाँ कुर्सी राख्ने योजना बनाएको छ। यी कुर्सीहरू नापी विभाग, तीनकुने–कोटेश्वर, रत्नपार्क, माइतीघर–बबरमहल, कमलपोखरीलगायत स्थानमा राखिनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स