जीवन बीमा कम्पनीहरूको व्यवसाय १० अर्ब रुपैयाँले बढ्यो, को बन्यो व्यवसाय विस्तारमा आक्रामक ?

जीवन बीमा कम्पनीहरूको व्यवसाय १० अर्ब रुपैयाँले बढ्यो, को बन्यो व्यवसाय विस्तारमा आक्रामक ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूको व्यवसाय १०.३३ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूले हालसम्म १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० अर्ब १७ करोड रुपैयाँले बढी हो । गत वर्ष जीवन बीमा कम्पनीहरूले यस अवधिमा कुल ९८ अर्ब ५३ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा व्यवसाय गर्न सफल भएको छ। कम्पनीको व्यवसाय गत बर्षको तुलनामा ११.७८ प्रतिशतको बढेर २९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय गत वर्षको तुलनामा १७.८७ प्रतिशत ले बढेर १३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, एलआइसी नेपालको बीमा शुल्क संकलन ८.४९ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय झिनो वृद्धिसहित ११ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। सूर्यज्योति लाइफको व्यवसाय १७.२९ प्रतिशत ले बढेर ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको व्यवसाय १०.४६ प्रतिशत ले बढेर ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

रिलायबल नेपाल लाइफले सबैभन्दा तीव्र व्यवसाय वृद्धि गर्न सफल भएको छ। कम्पनीको बीमा शुल्क आर्जन २०.६६ प्रतिशत ले बढेर ३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको व्यवसाय पनि २०.६६ प्रतिशत ले बढेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १४.३८ प्रतिशतले घटेर ४ अर्ब ४७ करोड रुपैयाँमा समेटिएको छ।

यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यवसाय १२.८६ प्रतिशतले, मेट लाइफ नेपालको ६.८ प्रतिशतले, आईएमई लाइफको १६.३२ प्रतिशतले , प्रभु महालक्ष्मी लाइफको १७.८७ प्रतिशत र सन नेपाल लाइफको ९.३८ प्रतिशतले व्यवसाय बढेको छ ।

484655118 1174210407077999 7053945962146059916 n https://bajarkochirfar.com/life-insurance-companies-business-grew-by-10-billion-rupees-who-became-aggressive-in-business-expansion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स