नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भ्रष्टाचार अन्त्य गर्न कानुन ल्याउने पहल आफूले गरेको बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निवारण ऐन २०५९ जारी गरेर त्यसको सुरुवात आफूले गरेको बताए।
देउवाले भने,“‘सामाजिक कुरितिको रुपमा रहेको कमैया मुक्ति छुवाछुत मुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महशुस हुन्छ नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ।” उनले वैज्ञानिक भूमिसुधार लागू गरेर भूमि स्वामित्वमा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने आधार पनि आफ्नै सरकारको समयमा तयार भएको बताए। देउवाले हालका जेनजी आन्दोलनमा उठाइएका भ्रष्टाचार अन्त्यको मागप्रति समर्थन जनाउँदै भने, “त्यो माग न्यायोचित छ, म पनि त्यसैको पक्षमा छु।”
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया