डिशहोमको प्रणालीमा ह्याक: १ लाखभन्दा बढी ग्राहकको डाटा लिक भएको दाबी

डिशहोमको प्रणालीमा ह्याक: १ लाखभन्दा बढी ग्राहकको डाटा लिक भएको दाबी

‘ह्याक्टिभिस्ट नेपाल’ नामक एक ह्याकर समूहले नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायकमध्ये एक डिश मिडिया नेटवर्क लिमिटेड (DishHome) को प्रणालीमा अनधिकृत पहुँच बनाएर १ लाख २० हजारभन्दा बढी प्रयोगकर्ताको संवेदनशील डाटा लिक गरेको दाबी गरेको छ।

उक्त समूहले बुधबार राति टेलिग्राम च्यानलमार्फत सूचना सार्वजनिक गर्दै डिशहोमका १ लाख २० हजारभन्दा बढी ग्राहकको व्यक्तिगत विवरण, बिल सम्बन्धी जानकारी, MAC एड्रेस, खरिद र प्रयोगसम्बन्धी रिपोर्टहरू समेत ह्याक गरेको जनाएको छ।

उनीहरूले बाँकी २० देखि ३० हजार डाटा चाँडै सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन्।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार, डिशहोम नेपालको तेस्रो ठूलो इन्टरनेट सेवा प्रदायक हो। कम्पनीको ३ लाख ४५ हजार ७६ ग्राहक रहेको छ, जसले नेपालको कुल स्थिर ब्रोडब्यान्ड प्रयोगकर्ताको ११.१९% हिस्सा ओगटेको छ।

DISH HOME 1 https://bajarkochirfar.com/hack-in-dishhome-system-claim-of-data-leak-affecting-over-100000-customers-4o | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स