सरकारले पुल र सडक सुधारका लागि विश्व बैंकबाट गर्यो ५० अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण स्वीकृत

सरकारले पुल र सडक सुधारका लागि विश्व बैंकबाट गर्यो ५० अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण स्वीकृत

सरकारले विश्व बैंक र दक्षिण कोरियाबाट प्राप्त हुने ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम (तेस्रो चरण)का लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैठक निर्णयको जानकारी दिएका हुन्।

यस्तै, बैठकले बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाबाट उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण समेत सरकारले स्वीकार गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स