हेलिकोप्टर चढेर झापाबाट काठमाडौँ प्रस्थान गरे पूर्वराजा शाह

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
हेलिकोप्टर चढेर झापाबाट काठमाडौँ प्रस्थान गरे पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ प्रस्थान गरेका छन्। स्रोतका अनुसार शाहले कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँतर्फ उडान भरेका हुन्।

मध्यान्ह १२ बजे प्रस्थान गरेका पूर्वराजा करिब १ घण्टा १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अनुमान छ। शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका स्वागतका लागि मानिस भेला गर्ने तयारी गरिरहेका छन्। प्रहरीले प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने अनुमान गर्दै उच्च सुरक्षा सर्तकता अपनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स