परराष्ट्रमन्त्री खनालको हाइड्रोदेखि बैंकसम्म २१ बढी कम्पनीमा लगानी, कहाँ–कहाँ कति छ हिस्सा?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
परराष्ट्रमन्त्री खनालको हाइड्रोदेखि बैंकसम्म २१ बढी कम्पनीमा लगानी, कहाँ–कहाँ कति छ हिस्सा?

परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा परराष्ट्रमन्त्री शिशिर खनालको नाममा विभिन्न निजी कम्पनी तथा सूचीकृत संस्थामा उल्लेख्य सेयर लगानी रहेको देखिन्छ।

विवरणअनुसार उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत स्वामित्व राखेका छन् भने रिग्पा इन्टरनेशनल प्रा.लि. मा शतप्रतिशत लगानी गरेका छन्। त्यसैगरी ताजा एग्रो फार्ममा उनको १६ प्रतिशत स्वामित्व रहेको उल्लेख छ।

यस्तै खनालसँग बीडब्लूपी माइक्रो फाइनान्सको २,५६० कित्ता सेयर रहेको छ भने ओम मेघाश्री फार्मास्युटिकल्स प्रा.लि. मा ५,००० कित्ता सेयर छ। उनीसंग ग्लोबल आइएमई बैंकको १०९ कित्ता र नबिल बैंकको ५० कित्ता सेयर छ। यसैगरी एमएनबीबीएलमा ७१ कित्ता र अन्य कम्पनीमा १०० कित्ता सेयर रहेको विवरणमा उल्लेख गरिएको छ।

यता अच्युता अधिकारीको नाममा पनि विभिन्न क्षेत्रका कम्पनीमा सेयर लगानी देखिन्छ। विवरण अनुशार अनुसार चन्द्रागिरि हिल्समा ३० कित्ता सेयर रहेको छ भने जोशी हाइड्रोपावर मा २०० कित्ता लगानी छ। मुक्तिनाथ विकास बैंकमा ११२ कित्ता, नेपाल बैंकमा २०० कित्ता र एनआईएमबी बैंकमा १०० कित्ता सेयर रहेको छ।

ऊर्जा तथा जलविद्युत् क्षेत्रमा पनि उनको लगानी छ। नेशनल हाइड्रोपावरमा १०० कित्ता, राधी हाइड्रोपावरमा २४ कित्ता, सुपर मादी हाइड्रोपावरमा १०० कित्ता, शिव श्री हाइड्रोपावरमा १५० कित्ता र युनियन हाइड्रोपावरमा २०० कित्ता सेयर रहेको छ।

यसका अतिरिक्त उनले एनआईबिएल एसआईपी मा ४,६३३ कित्ता, नेपाल रिपब्लिक मिडियामा १२५ कित्ता, समता लघुवित्तमा २० कित्ता र उन्नति सहकारीमा ७० कित्ता सेयर लगानी गरेको विवरणमा उल्लेख गरिएको छ।

यस्तै, विवरणअनुसार खनालको काठमाडौँको टोखामा ६ आना जग्गामा बनेको घर रहेको छ। यसबाहेक तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा रहेको छ भने नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।

खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ। साथै उनले १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा देखाएका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७ रुपैयाँ, नबिल बैंकमा २ लाख १ हजार ४०५ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१ रुपैयाँ, एनआईसी एशिया बैंकमा ४ लाख ५१ हजार २९० रुपैयाँ, ग्लोबल आइएमई बैंकमा ४३ हजार ८०३ रुपैयाँ र नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

Stay Updated With 3 2 https://bajarkochirfar.com/foreign-minister-khanal-has-invested-in-over-21-companies-from-hydro-to-banks-how-much-is-his-stake-in-each | %tags
यो पनि पढ्नुहोस

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स