जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती थप उपचारका लागि भोलि सिंगापुर जाने भएका छन्। उनि सम्भवतः भोलि नै सिंगापुर प्रस्थान गर्ने छन्। आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा देउवाले खड्कालाई औपचारिक रूपमा कार्यवाहक सभापति नियुक्त गर्ने निर्णय गरेका हुन्।
देउवा सिंगापुर गइसकेपछि बाँकी बैठकहरू खड्काको नेतृत्वमा सञ्चालन हुनेछन्। जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा उपचारका लागि सम्भवतः भोलि नै सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्। खड्का कार्यवाहक भएर आगामी कांग्रेस महाधिवेशनमा पनि सहभागी हुने सम्भावना रहेको बताइएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया