अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थतन्त्रको वर्तमान अवस्था र सुधारका उपायबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
अर्थ मन्त्रालयका अनुसार देशको वित्तीय अवस्थाको गहिरो जानकारी भएका तथा मौद्रिक उपकरणको कार्यान्वयनमा प्रत्यक्ष संलग्न अधिकारीहरूसँग हुने यो छलफल अर्थतन्त्रका चुनौती पहिचान गर्ने र समाधानका उपाय खोज्ने विषयमा केन्द्रित हुनेछ।
अर्थ मन्त्रालयले गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा समन्वय र छलफल हुँदै आए पनि, उनिहरूको समन्वयमा नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग यस प्रकारको छलफल पहिलो पटक हुन लागेको जनाएको छ।
छलफल बिहान ९:१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ।














![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)


प्रतिकृया