पेट्रोलियम सवारीमा युरो ६ मापदण्ड लागू हुने
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो बताएका छन् ।
उनले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने छ ।’