यो साता सेयरबजार ८२ अंकले घट्दा पनि यी कम्पनीहरूले बनाए लगानीकर्तालाई मालामाल

यो साता सेयरबजार ८२ अंकले घट्दा पनि यी कम्पनीहरूले बनाए लगानीकर्तालाई मालामाल

गत साता सेयरबजार २८१८ अंकमा रहेको सेयर बजार यो साता २.९ प्रतिशत अर्थात् ८२ अंक घटेर २७३६ अंकमा बन्द भएको छ। यो साता सेयरबजारचार दिन कारोबार भएको छ, जसमा तीन दिन बजार घट्यो भने अन्तिम दिन बुधबार बजार बढेको हो। आइतबार बजार ४६.३३ अंक घट्दा १० अर्ब ९ करोड कारोबार, सोमबार २०.६८ अंक घट्दा ८ अर्ब ३७ करोड र मंगलबार ३२.२१ अंक घट्दा ८ अर्ब ३९ करोड भने बुधबार १७.२८ अंक बढ्दा ८ अर्ब २३ करोडको कारोबार भएको हो।

यस साता सबै सेक्टर घटेका छन् र  सबैभन्दा धेरै घट्नेमा इनवेस्टमेन्ट सेक्टर छ। फागुन महिना समग्रमा बजारमा धेरै उतारचढाव भएको छ।  फागुन १ गतेमा बजार २६७८ अंकमा थियो र महिनाको अन्तिममा २७३६ अंकमा पुगेको छ। फागुन १८ गते भने बजार २८९० अंकसम्म पुगेको थियो, जुन ९ भदौ यताकै उच्चतम अंक हो।

यस साता सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनी गार्डियन माइक्रो लाइफ रहेको छ। गत साताको अन्तिममा  १६७२.२ रुपैयाँ रहेको गार्डियन माइक्रो लाइफको सेयर मूल्य बढेर १९६१ रुपैयाँ  पुगेको छ। कम्पनीको सेयरमूल्य १७.२७ प्रतिशतले बढेको हो। दोस्रो धेरै बढ्नेमा महालक्ष्मी विकास बैंक रहेको छ। भूगोल इनर्जीको सेयर मूल्य ७४३.६ रुपैयाँबाट ८१० रुपैयाँ पुग्दा ८.९३ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको सेयर मूल्य ९९७ रुपैयाँबाट १०६८ रुपैयाँ पुग्दा ७.१२ प्रतिशतले उकालो लागेको छ। पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पनि यस साता राम्रै नाफा कमाएका छन्। पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.४३ प्रतिशतले बढेर ६८८.५ रुपैयाँ पुगेको छ। साथै, नारायणी बैंकको सेयर मूल्य पनि १८०० रुपैयाँबाट १९०८ रुपैयाँ पुग्दा यो साता मात्रै ६ प्रतिशतले वृद्धि भएको छ।

अन्य कम्पनीहरु जस्तै: विन नेपालको ४.८१ प्रतिशत, बलेफी हाइड्रोपावरको ४.३७ प्रतिशत, घलेम्दी हाइड्रोपावरको २.६५ प्रतिशत, र दिव्यश्वरी हाइड्रोपावरको २.५६ प्रतिशतले वृद्धि भएको छ।

weekly top gfainers https://bajarkochirfar.com/despite-a-stock-market-drop-of-82-points-this-week-these-companies-made-investors-rich | %tags

 

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स