कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व छाड्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व छाड्ने

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्ने दोहोर्याएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गर्दै उनले भने, “म वैधानिक व्यवस्थाअनुसार र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व छाड्ने निर्णय गरिसकेको छु।

आगामी महाधिवेशनमा म बाहेक अरु कुनै साथी सभापति बन्नेछन्, त्यसमा द्विविधा छैन।” देउवाले महाधिवेशनको मितिबारे भने केहि बोलेनन्। जेन–जी आन्दोलनपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स