कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी नियुक्तिका लागि सूचना जारी गरेको छ। शुक्रबार प्रकाशित सूचनाअनुसार, बैंकले २४२ जना कर्मचारी विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो। पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत योग्य उम्मेदवारको छनोट गरिनेछ।
बैंकले यस अन्तर्गत ६३ जना अधिकृत स्तर र बाँकी १७९ जना सहायक स्तर (प्रशासन) का लागि विज्ञापन खोलेको छ। सम्बन्धित पदका लागि आवश्यक योग्यता पूरा गरेका इच्छुक व्यक्तिहरूले फागुन २१ गतेसम्म सामान्य दस्तुर तिरेर र फागुन २८ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत आवेदन पेश गर्न सक्नेछन्।



















प्रतिकृया