नेप्सेले दिएको ओपनिङ रेन्जप्रति रिलायन्सको आपत्ति: बुक बिल्डिङको औचित्यमाथि प्रश्न !

नेप्सेले दिएको ओपनिङ रेन्जप्रति रिलायन्सको आपत्ति: बुक बिल्डिङको औचित्यमाथि प्रश्न !

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आफ्नो ओपनिङ रेन्ज सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको मूल्यलाई सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयरको पहिलो कारोबारका लागि रु १०० देखि रु ३०० सम्मको ओपनिङ रेन्ज तोकेको छ, जुन अंकित मूल्यको अधिकतम तीन गुणासम्म मात्र हो। कम्पनीले भने यो निर्णय बुक बिल्डिङ विधिबाट तय गरिएको निष्काशन मूल्यको मर्म र अभ्याससँग मेल नखाने जनाएको छ।

बुक बिल्डिङ विधि परम्परागत निष्काशनभन्दा फरक र बजारआधारित प्रणाली भएकाले सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणमा पनि सोही आधारलाई ध्यान दिनुपर्ने कम्पनीको तर्क छ। यस विषयमा ध्यानाकर्षण गराए पनि अन्ततः कम्पनी सूचीकरण प्रक्रिया अघि बढाउन बाध्य भएको जनाएको छ।

तोकिएको ओपनिङ रेन्जका कारण कम्पनीको सेयर सर्वसाधारणलाई जारी गरिएको मूल्यसम्म पुग्न न्यूनतम ११ दिन लगातार सकारात्मक सर्किट लाग्नुपर्ने देखिएको छ।

628326575 895257503263700 2579139093278435538 n https://bajarkochirfar.com/reliances-objection-to-the-opening-range-given-by-nepse-question-on-the-justification-of-book-building | %tags

POLITICS 321 https://bajarkochirfar.com/reliances-objection-to-the-opening-range-given-by-nepse-question-on-the-justification-of-book-building | %tags
यो पनि पढ्नुहोस

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार १०० देखि ३०० को बीचमा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Dinesh
Dinesh
3 months ago

हुनत रिलायन्स सुरू देखिनै
चोर बाटोबाट नेप्से आयको हो।

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स