नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस पार्टी सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने दाबी गरेका छन्। उनले देशका विभिन्न क्षेत्रबाट सङ्कलित सूचनामा कांग्रेस पहिलो पार्टी बन्ने तथ्यांक पुष्टि गरेको बताए।
रुपन्देहीको भैरहवामा कांग्रेस रुपन्देहीले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गतको पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले पार्टी बहुमतको दिशातर्फ अघि बढिरहेको र देशको नेतृत्व फेरी कांग्रेसले गर्ने बताएका हुन्।
उनले देशमा मन जलेको, विश्वास टुटेको र मान्छेको मन भाँचिएको अवस्थाबारे पनि बताएका छन्। ‘यो बेला भएको जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन,’ उनले भने।
शर्माले पुराना दिनहरू कहिल्यै पुराना भइसकेको भन्न नमिल्ने भन्दै, ‘यो धर्तीमा सबैभन्दा पुरानो कुरा धर्ती नै हो, नयाँ भनेको जन्ममितिले नहुने,’ बताए। नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ र ‘साँचै बदलिएको कांग्रेस नै नयाँ कांग्रेस हो’ उनले जोड दिए। जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको र संसार बदल्न चाहँदा आफूबाट नै सुरुवात गर्नुपर्ने उनले बताए।


















प्रतिकृया