सांसद कार्की भन्छिन्, “बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकमा लैङ्गिक समानता भएन”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १८ गते
सांसद कार्की भन्छिन्, “बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकमा लैङ्गिक समानता भएन”

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताएकी छन्।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० संशोधन प्रश्ताव पेश गर्दै यस्तो बताएकी हुन् । उनले विधेयकमा परिवारका सदस्य भनेर गरेको परिभाषामा लैङ्गिक समानता नभएको बताइन्  ।

उनले विधेयकमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक,सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ मानिने सेयर धनी,प्रमुख कार्यकारी अधिकृत,कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी,छोरा छोरी धर्मपुत्र,धर्मपुत्री,बाबु आमा सौतिनी आमा मात्रै राखिएको भन्दै त्यसमा सौतेलो बाबु पनि थप्नुपर्ने बताइन्  ।

उनले मुल ऐनको दफा ९ मा बैंकिङ स्रोत साधन र सम्पतीको दुरुपयोग गर्न नहुने व्यवस्था रहेको बताइन्  । उनले विधेयकमा कुनैपनि महिलाले दोस्रो विवाह गर्न सक्छिन् भन्ने परिकल्पना नगरेको बताइन्  । उनले सरकारले कानूनहरु बनाउँदै गर्दा ऐन लैङ्गिक रुपले तटस्थ रहनुपर्नेमा जोड दिए । उनले विधेयकमा कुनैपनि संस्थाको सर्वोच्च पदमा पुरुष मात्रै हुनसक्ने र पुरुषको मात्रै दोस्रो श्रीमती हुनसक्ने किसिमको परिकल्पना गर्नु लैङ्गिक विभेद भएको बताइन् । उनले सहकारीसँग सम्बन्धि समस्याहरु धेरै आएकाले सहकारी पीडितले भुक्तानी पाउने सुनिश्चिता र बैंकलाई पारदर्शी बनाउने गरी ऐन ल्याउनुपर्ने उल्लेख गरिन् ।

उनले भनिन् ,‘विधेयकमा परिवारका सदस्य भनेको डिफाइन गरेको छ । जसमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक,सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ्य मानिने सेयर धनी,प्रमुख कार्यकारी अधिकृत,कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी,छोरा छोरी धर्मपुत्र,धर्मपुत्री,बाबु आमा सौतिनी आमा भनिएर लेखिएकोमा मैले सौतेलो बाबु पनि थप्नुपर्छ । मुल ऐनको दफा ९ मा बैकिङ स्रोत साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने व्यवस्था छ । त्यसअन्तरर्गत परिवारको सदस्यले पनि दुरुपयोग गर्न पाउँदैन । सजाय व्यवस्था गर्दा ऐनले कुनै पनि महिलाले दोस्रो विवाह गर्न सक्छिन भन्ने परिकल्पना नगरेको देखिएको छ । सौतेलो बाबु पनि थप्नुपर्छ । सरकारले कानूनहरु बनाउँदै गर्दा ऐन लैंगिंक रुपले तटस्थ रहनुपर्छ । लैंगिक समानता आवश्यक छ । विधेयकमा कुनैपनि संस्थाको सर्वोच्च पदमा पुरुष मात्रै हुनसक्ने र पुरुषको मात्रै दोस्रो श्रीमती हुनसक्ने किसिमको परिकल्पना गरेको छ । विधेयकमा पनि लैंगिक विभेद देखियो । बैंकको वियर,खातावाला र बैंक तीन वटै एन्टटिटीलाई काम कर्तव्य अधिकार प्रति उत्तरदायी बनाउनुपर्ने आवश्यकता भएको छ । सहकारीसँग सम्बन्धि समस्याहरु आएकाले भुक्तानी पाउने सुनिश्चिता र बैंकलाई पारदर्शी बनाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स