SHAREHUBSHAREHUB

सर्वोच्चले बेचन झालाई थुनामुक्त गर्न मानेन

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १० गते
AdvertisementAds
सर्वोच्चले बेचन झालाई थुनामुक्त गर्न मानेन
AdvertisementAds

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

विहिबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।

थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते

ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए ।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स