नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा र चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआउने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए ।
उनि भन्छन, ‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने सांसदहरूलाई माओवादी सांसद दाहालले यही असार २८ गतेसम्म पर्खिन भनेका हुन् ।
असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।




















प्रतिकृया