पशुपतिनाथ मन्दिरमा एक महिनासम्म आयोजित कोटिहोमको हिसाब सार्वजनिक गर्दै आयोजक विजय कृष्णमुर्तिले आम्दानीभन्दा खर्च बढी भएको दाबी गरेका छन्।
कृष्णमुर्तिका अनुसार, कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो। यस क्रममा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी दिए। कोटिहोममा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको उनको दाबी छ।
विजय कृष्णमुर्तिले पत्रकार सम्मेलन मार्फत नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो भने क्यूआर पेपेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ प्राप्त भएको छ। दान पेटिकामा ४१ लाख ७७ हजार रुपैयाँ संकलन भएको उनले बताए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया