यस वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई प्रदान गरिएको छ। मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हुन्।
मदन पुरस्कार २०८० को लागि पाँच पुस्तकहरूको श्रेष्ठ सूचीमा रहेका कृतिहरूमा भक्त स्याङतानको कथासंग्रह ‘डम्फुको आत्मालाप,’ जीवन क्षेत्रीको गैरआख्यान ‘नुन-तेल,’ भावेश भुमरी र प्रणिता चामलिङको प्रेमपत्र संग्रह ‘भावलिपि,’ मोहन मैनालीको इतिहास कृति ‘मुकाम रणमैदान,’ र रोशन थापा ‘नीरव’ को उपन्यास ‘सन्त्रासका साठी दिन’ रहेका थिए।
त्यसैगरी, बैठकले योगेन्द्रप्रसाद यादवलाई २०८० को जगदम्बाश्री सम्मान दिने निर्णय पनि गरेको छ। यी दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ।
गएको वर्ष २०७९ सालमा मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले प्राप्त गरेको थियो। गुठीका अनुसार यस वर्ष ३०४ कृतिहरू मदन पुरस्कारका लागि प्राप्त भएका थिए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया