नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलाई पैसा र बैंसाले मात्तिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को कार्यशैलीलाई लिएर त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
सांसद तामाङ भन्छन : ‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’,
तामाङ दोहोरी गीत सम्झिदै भन्छन । ‘एउटा गीत छ–कोही कोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले’ । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, ।
उनि थप्छन ‘यस महानगर लाई एउटा काम (महानगरभित्रको विकास, खानेपानी आदिको सबै काम गर्ने जिम्मेवारी) जिम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, ।
सांसद भन्छन्, ‘काठमाडौं महागरपालिकाका ३२ वटा वडामा सडक विभागले एउटा काम गरेर हिँडेको छ । कालोपत्रे गरेर हिँडेको छ । नगरपालिकाले एउटा काम गरेर हिँडेको छ । नगर विकासले एउटा काम गरेर हिँडेको छ ।’
उनले काठमाडौँ महानगरलाई ‘भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु– यो ३२ वटै वडामा नेपाल सरकारले कुनै पनि बजेट नदिने । ३२ वटै वडामा नगरपालिकाले नै खानेपानी, फुटपाथ, ढल र कालोपत्रेको काम गर्ने गरी जिम्मा लगाउन सकिन्छ ।’ सम्म भनेका छन् ।
#bajarkochirfar #bazarkochirfar
















प्रतिकृया