तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक छन् । उनि २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन्।
उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन् । करिब रु १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका हुन् ।
स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको बताए । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भने । उनले वार्षिक रु १५/२० लाख आम्दानी गर्दै आएको बताए ।
बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गरेका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनि भन्छन् “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उनले भने, “ अब समाजलाई सकेको सहयोग गर्छु ।”









![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)



प्रतिकृया