नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउमा आउने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउमा आएको बताएका हुन् ।
देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउदै संबैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा दिनुनै सहि निर्णय हुने बताउदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।
सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।


![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया