नेपालमा पहिलोपटक ल्याइयो हाइड्रोजन कार, प्रधानमन्त्रीले ओली गरे शुभारम्भ

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १४ गते
नेपालमा पहिलोपटक ल्याइयो हाइड्रोजन कार, प्रधानमन्त्रीले ओली गरे शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् ।

शुक्रबार  काभ्रेको धुलिखेलमा आयोजित विश्वविद्यालयको २९औं दीक्षान्त समारोहको अवसरमा, प्रधानमन्त्री ओलीले हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको उद्घाटन गरेका हुन् । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगले कार्बन उत्सर्जनलाई कम गर्दै प्रदूषण घटाउन सहयोग हुने बताए ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स