मौसम सुधार नभएसम रात्री बस संचालन रोक्न सांसद पाण्डेको माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
मौसम सुधार नभएसम रात्री बस संचालन रोक्न सांसद पाण्डेको माग

धादिङ क्षेत्र नम्बर १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधि सभा बैठकमा बोल्दै नाइट बस बन्द गर्नु पर्ने प्रस्ताव राखेका छन् ।

सांसदले नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोमा बगेको यात्रुवाहक बस र यात्रुको खोजी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदले कम्तिमा भदौ १५ गतेसम्म (वर्षा बढी हुने समय सम्मका लागी) रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने प्रस्ताव राखेका छन्।

‘एक त यस्तो अवस्थामा गाडी गुड्ने कुरामा त्यसलाई नियन्त्रण गर्ने कुरामा ध्यान पुग्न सकेको छैन। दुईवटा रात्री बस सामान्य हिलोमात्रै होला भन्ने अनुमान गरेको भरमा ती बसहरू पानीमा खसेको देखिन्छ,’ उनले भने, ‘त्यसकारण कम्तिमा भाद्र १५ सम्म, यो वर्षा बढी हुनेसम्म रात्री बस हिँड्नेमा रोक लगाऔँ भनेर प्रस्ताव राख्न चाहन्छु।’

साथै, उनले सडकको अवस्थाबारे राज्यले घण्टा घण्टामा जनतालाई जानकारी गराउने व्यवस्था गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स