धादिङ क्षेत्र नम्बर १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधि सभा बैठकमा बोल्दै नाइट बस बन्द गर्नु पर्ने प्रस्ताव राखेका छन् ।
सांसदले नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोमा बगेको यात्रुवाहक बस र यात्रुको खोजी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदले कम्तिमा भदौ १५ गतेसम्म (वर्षा बढी हुने समय सम्मका लागी) रात्रिकालीन बस सञ्चालनमा रोक लगाउनुपर्ने प्रस्ताव राखेका छन्।
‘एक त यस्तो अवस्थामा गाडी गुड्ने कुरामा त्यसलाई नियन्त्रण गर्ने कुरामा ध्यान पुग्न सकेको छैन। दुईवटा रात्री बस सामान्य हिलोमात्रै होला भन्ने अनुमान गरेको भरमा ती बसहरू पानीमा खसेको देखिन्छ,’ उनले भने, ‘त्यसकारण कम्तिमा भाद्र १५ सम्म, यो वर्षा बढी हुनेसम्म रात्री बस हिँड्नेमा रोक लगाऔँ भनेर प्रस्ताव राख्न चाहन्छु।’
साथै, उनले सडकको अवस्थाबारे राज्यले घण्टा घण्टामा जनतालाई जानकारी गराउने व्यवस्था गर्नुपर्ने बताए।











![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-768x432.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)

प्रतिकृया