नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक बन्दै गरेको दुई ठूला दल हरुबिचको राष्ट्रिय सहमतिको सरकार गठनको नायकको रूपमा देखिएका छन्। यसअघि कमै देखिएको संसदका दुई ठूला दल एमाले र काँग्रेसलाई एकै कित्तामा उभ्याउन लेखक सफल भएका छन्।
उनै लेखकले २०८० फाल्गुन १८ गते प्रचण्डबाट ‘धोका’ पाएका दलहरु एक ठाउँमा उभिनसक्ने संकेत गरेका थिए। प्रतिनिधि सभाको फाल्गुन १८ गरेको बैठकमा प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताएका थिए। उनले प्रतिनिधि सभामा ‘म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ?’ भन्दै प्रश्न गरेका थिए।
रमेश लेखेकले गरेको आंकलन ४ महिना मा साबित भएको छ। हिजो मध्यरातमा संसदका दुई शीर्ष ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेबाट बनेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरिरहेका छन्।
#bajarkochirfar #bazarkochirfar
















प्रतिकृया