नबिल बैंकले ९२ स्थानको घरजग्गा बेच्न सुरु गर्दै, बोलपत्र पेश कहिले सम्म ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २५ गते
नबिल बैंकले ९२ स्थानको घरजग्गा बेच्न सुरु गर्दै, बोलपत्र पेश कहिले सम्म ?
Advertisement Ads

नबिल बैंकले देशभरका २५ जिल्लाका ९२ स्थानका घरजग्गा बिक्री गर्नको लागि लिलामी प्रक्रिया सुरु गरेको छ। बैंकले प्रकाशित सूचना मार्फत गैर बैंकिङ सम्पत्ति रहेका यी घरजग्गा लिलामीमा बिक्री गर्न १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

बैंकले काठमाडौँ उपत्यका, तराई र भित्री मधेशका विभिन्न जिल्लामा रहेका घरजग्गा लिलामीमा राखेको छ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला – काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानका सम्पत्ति बिक्रीका लागि राखिएका छन्।

तराई र भित्री मधेशका जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, बाँके, सुर्खेत, बर्दिया र कैलाली रहेका छन्। यस्तै, पहाडी जिल्लामा भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुलाका घरजग्गा पनि लिलामीमा राखिएका छन्।

इच्छुक व्यक्तिहरूलाई मंसिर ९ गते कार्यालय समयभित्र कर्जा असुली विभाग, बिजुलीबजारमा बोलपत्र पेश गर्न आह्वान गरिएको छ। बोलपत्र मंसिर १० गते खोलिने जानकारी बैंकले दिएको छ।

news pyqfl0ypl52 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a4%ac%e0%a4%bf%e0%a4%b2-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a5%af%e0%a5%a8-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%98%e0%a4%b0 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स