instainsta

तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३१ गते
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
AdvertisementAds

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।
#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स