शुक्रबारदेखिको लगातारको वर्षा र यसले राजधानी जोड्ने सडक ठाउँ–ठाउँमा अवरुद्ध भएपछि तरकारी ढुवानी हुन नसक्दा कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
ठूलो गोलभेंडा प्रतिकिलो ११० रुपैयाँ र लोकल गोलभेंडा ७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १०५ रुपैयाँमा बिक्री भएको काउली ४० रुपैयाँले बढेर १४५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
शनिबारको तुलनामा बन्दाको मूल्य शतप्रतिशतले वृद्धि भई ७० रुपैयाँ पुगेको छ भने लौकाको मूल्य १७१ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ। मकैबोडीको मूल्य पनि बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
त्यस्तै, शनिबार ७५ रुपैयाँमा बिक्री भएको पालुंगो १५३ प्रतिशतले बढेर १९० रुपैयाँ प्रतिकिलो पुगेको छ भने १७ रुपैयाँको स्कुस २११ प्रतिशतले बढेर ५५ रुपैयाँमा पुगेको छ।
सबैभन्दा धेरै वृद्धि पुदिनामा भएको छ। पुदिनाको मूल्य १७४ रुपैयाँले बढेर ७५० रुपैयाँ पुगेको छ, जुन हिजो ५७६ रुपैयाँमा बिक्री भइरहेको थियो।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया