डल्ले च्याउको भाउमा लगातार उछाल, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते
डल्ले च्याउको भाउमा लगातार उछाल, अन्य तरकारीको मूल्य कति ?

कालिमाटी फलफूल तथा तरकारी बजार समितिले आजका लागि मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज डल्ले च्याउको मूल्य ह्वात्तै बढेको छ ।

सोमबार न्युनतम प्रतिकिलो ३०० रुपियाँमा बिक्री भएको डल्ले च्याउ आज ४०० रुपियाँ पुगेको छ ।

त्यस्तै, आज गोलभेडा ठुलो नेपाली न्युनतम प्रतिकिलो ६० रुपैयाँ, भारतीय ९० रुपैयाँ, टनेल ३२ रुपैयाँ रातो आलु ६५ रुपैयाँ, मुदेको आलु ५८ रुपैयाँ प्रतिकिलोमा किन बेच भइरहेको छ ।

साथै, प्याज सुकेको न्युनतम प्रतिकिलो ११८, गाजर ८०, बन्दा ५०, काउली १००, मकैबोडी ६०, घिउसिमी १००, भटमासकोसा १२०, लौका ४०, साग ९०, ब्रोकाउली १८०, कुरिलो ३०० र न्युरो प्रतिकिलो ८० रुपियाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ११, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स