राष्ट्र बैंकले लियो सेयर बजार बढाउने नीति, बैंक वित्तिय संस्थालाई खोलिदियो बाटो

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ४ गते
राष्ट्र बैंकले लियो सेयर बजार बढाउने नीति, बैंक वित्तिय संस्थालाई खोलिदियो बाटो

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको बुँदा नम्बर ४० मा उल्लेखित बुँदाले बैंक तथा वित्तिय संस्थाहरुलाई खुलेर सेयर खरिद गर्ने बाटो खोलिदिएको छ। २०७८ को जेठमा बैंक तथा वित्तिय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्म मात्रै बेच्न पाईने व्यवस्था गरेको थियो। बुँदा नम्बर ४० मा भनिएको छ: बैंक तथा तथा वित्तिय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्रि गर्न पाउने व्यवस्था मिलाईनेछ।

अहिले बैंक वित्तिय संस्थाहरुमा पैसा थुप्रिएको अवस्थामा यो नीतिले सेयरको माग बढाउने देखिन्छ। जोखिमभार तर्फ राष्ट्र बैंक लचिलो नभएतापनि यो नीतिका माध्यमबाट सेयर बजारमा सुधार आउने प्रक्षेपण सहित यस्तो व्यवस्था गरिएको देखिन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स