आज गोलभेडाको मूल्य बढ्यो, अन्य तरकारीको मुल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ७ गते
आज गोलभेडाको मूल्य बढ्यो, अन्य तरकारीको मुल्य कति ?

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले शुक्रबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ ।

आज लोकल गोलभेंडाको न्युनतम प्रतिकिलो मूल्य ३० रुपियाँ छ । त्यस्तै, हिजो ७० रुपियाँ रहेको ठूलो गोलभेंडा भने आज २० रुपियाँले बढेर ९० रुपियाँ कायम भएको छ ।

हिजो भने न्युनतम ३५० मा कारोबार भएको कुरिलो आज १५० रुपियाँ सस्तो भएको छ । यसदिन २०० मा बिक्री भइरहेको कुरिलो हिजो भने ३५० मा कारोबार भएको थियो ।

साथै, पुदिना  न्युनतम प्रतिकिलो १०० रुपियाँले घटेको छ । हिजो ६०० मा किनबेच भएको पुदिनाको भाउ आज भने ५०० मा झरेको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ ०७, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स