नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई मिलेर सरकार चलाउनको लागि आग्रह गरेका छन्। प्रमुख प्रतिपक्ष दलको नेता भएको पहिलो अवसरमा मंगलबार संसद्मा बोल्दै, उनले आफू अब सत्ताको खेलमा संलग्न नभई ‘आन्दोलन’मा सक्रिय रहेको बताए।
प्रचण्डले भने, “अब म स्पष्टसँग भन्न चाहन्छु कि प्रचण्ड सत्ताको खेलमा छैन। हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्कोपटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ । उनले थपे, “तपाईंहरू मिलेर सरकार चलाउनुहोस्, बीचमै लौन प्रचण्डजी’ भन्न नआउनुहोला ।”
संसदमा प्रतिपक्षमा रहँदा पनि, उनले सरकारले गरेका सकारात्मक कामहरूको समर्थन गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। प्रचण्डले आफ्नो उपस्थिति केवल निगरानीका लागि मात्र भएको र यसलाई कर्मकाण्डको रूपमा नलिन चेतावनी दिए ।




















प्रतिकृया