नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०८४ को निर्वाचनका लागि एकल रूपमा तयार पार्न निर्देशन दिएका छन्। मंगलबार सम्पन्न पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पार्टीलाई मजबुत बनाउन र स्थानीय तहको उपनिर्वाचनमा पनि एक्लै प्रतिस्पर्धा गर्ने बताएका हुन्।यसअघि नेपाली कांग्रेसले पनि २०८४ को निर्वाचन एक्लै लड्ने निर्णय गर्दै पार्टी संगठनलाई बलियो बनाउने निर्णय गरेको थियो।
मंगलबार सम्पन्न पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पार्टीलाई मजबुत बनाउन र स्थानीय तहको उपनिर्वाचनमा पनि एक्लै प्रतिस्पर्धा गर्ने बताएका हुन्। अध्यक्ष ओलीले बैठकमा भने, “एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। एक्लै लड्छ, त्यसका लागि पार्टी बलियो बनाउन जुट्नुपर्छ।” यसैगरी, मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा पनि पार्टीले एकल रूपमा प्रतिस्पर्धा गर्ने बताउँदै ओलीले त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्ने बताए।
ओलीले पार्टीका सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र एकल बहुमत प्राप्त गर्न योजना बनाएर कार्यान्वयनमा लैजाने निर्देशन थियो । “संगठनहरू चुस्त दुरुस्त हुनुपर्छ। प्रदेश कमिटीहरू अझै बलियो रूपमा चल्न सकेका छैनन्,” ओलीले भने, “माथिको आदेश कुरेर मात्र हुँदैन। ग्राउन्डमा योजना बनाएर अघि बढ्नुपर्छ र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्छ।” साथै, बैठकमा ओलीले सहमतिअनुसार नै नेपाली कांग्रेसलाई समयमै सत्ता हस्तान्तरण गर्ने जनाएका छन्।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीचको सम्बन्धको पनि चर्चा उत्तिकै छ। राजनीतिक वृत्तमा सधैं गठबन्धन गरेर निर्वाचनमा उत्रिने प्रचण्डलाई रास्पाले साथ देला त भन्ने प्रश्न उब्जिई रहेका छन्। पछिल्लो समय रास्वपाले सरकार र प्रतिपक्षमा रहँदा माओवादीलाई खुलेरै समर्थन गर्दै आएको छ। रास्वपाबाट मन्त्री बनेका सांसदहरूले त प्रचण्डको प्रधानमन्त्री कार्यकालको खुलेर प्रशंसा गर्ने गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेले पनि प्रचण्ड नेतृत्वको सरकारमा मात्र सहभागी हुने किसिमका संकेत दिँदै आएका छन्।
















प्रतिकृया