आज डल्ले च्याउको मूल्य घट्दा अन्य तरकारीको मुल्य कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २० गते
आज डल्ले च्याउको मूल्य घट्दा अन्य तरकारीको मुल्य कति पुग्यो ?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागी तरकारी, फलफुल तथा माछाको मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज कुरिलोको मूल्य हिजोको तुलनामा प्रति किलो १०० रुपैयाँले बढेको छ, जसले आज यसको मूल्य ९०० रुपैयाँ पुर्याएको छ।

अर्को तर्फ, डल्ले च्याउको मूल्य घटेको छ। हिजो ३२६ रुपैयाँ प्रतिकिलोमा रहेको डल्ले च्याउ आज ५० रुपैयाँले घटेर २७६ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, अन्य तरकारीमा ठूलो गोलभेंडा ८५ रुपैयाँ, प्याज ११२ रुपैयाँ, लोकल बन्दा ९१ रुपैयाँ, काउली ९५ रुपैयाँ, तनेबोडी १३० रुपैयाँ, र मटरकोशा १९० रुपैयाँ प्रतिकिलोको मूल्यमा किनबेच भइरहेको छ।

अन्य तरकारी, फलफुल तथा माछाको मुल्य हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स