नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ। दुई उपप्रधानमन्त्री सहित २१ मन्त्रीहरुले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ ग्रहण गरेका छन्। सोही क्याबिनेटमा अर्थमन्त्रालयको जिम्मा पूँजीबजारले रुचाएका पात्र विष्णु पौडेलले लिएका छन्। तर एमाले अध्यक्ष केपी शर्मा ओली विष्णु पौडेललाई अर्थमन्त्री बनाउने पक्षमा थिएनन्।
एमाले कांग्रेसका शीर्ष नेताहरुले सरकार गठन गर्ने सहमति गरेसँगै धेरैका आँखा गृह र अर्थ मन्त्रालय तर्फ मोडिएका थिए। सुरुवातमा नेपाली कांग्रेसको शेखर गगन समूहले गगन थापालाई उपप्रधानमन्त्री सहित अर्थमन्त्री दावी गर्दै पार्टीभित्र लविङ गरेका थिए। तर भाग बण्डामा अर्थमन्त्रालय एमालेको भागमा पर्ने भएपछि गगन थापा प्रतिपक्षमा बस्ने भन्दै अफ्ना विश्वास पात्र प्रदीप पौडेललाई स्वास्थ्य मन्त्रीको रूपमा ओली क्याबिनेटमा पठाए।
एमालेको भागमा अर्थमन्त्रालय पर्ने भएसँगै अर्थमन्त्रीमा विष्णु पौडेलको नाम निर्विरोध जस्तै बनेको थियो। उनी बजारले खोजेको पत्र थिए साथै एमालेभित्र पनि उनलाई संकटको अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्नेगरी काम गर्न सक्ने नेताको रूपमा अर्थमन्त्री पदका लागि उभ्याईएको थियो। एमालेका अन्य नेताहरुले विष्णु पौडेललाई निर्विकल्प अर्थमन्त्रीका रुपमा देखे तपानि एमाले अध्यक्ष ओली पौडेललाई अर्थमन्त्री बनाउने पक्षमा सुरुवातमा देखिएका थिएनन्।
विष्णु पौडेललाई अर्थमन्त्री पदमा रोक्नको लागि ओलीले विभिन्न झांझो हाल्ने काम गरेका थिए। सुरुवातमा ओलीले अर्थमन्त्री पदमा पौडेललाई रोक्न उपप्रधानमन्त्री बिना सरकारमा बनाउने अडान लिए। पहिलानै उपप्रधान सहित अर्थमन्त्री बनेका पौडेल उपप्रधानमन्त्री बिना सरकारमा जान आफै तयार हुने थिएनन्।
ओलीको यो कदमलाई नयाँ सरकार गठनका एमालेका म्याचमेकर शंकर पोखरेलले मौन स्वीकृत दिए र संसद्मा राम्रो प्रभाव देखाउन सफल आफ्ना विश्वास पात्र महेश बर्तौला वा पदम गिरीमध्ये एकलाई अर्थमन्त्री बनाउन कसरत गरे।
पार्टीभित्र ओलीलाई जताततै निराशता र अर्थतन्त्र संकुचनमा रहेको भन्दै परिणाममुखी काम गर्न सक्ने अनुभवी व्यक्तिलाई अर्थमन्त्री बनाउन चौतर्फी दबाब थियो। फेरि ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीमा रोक्न अर्को तिक्डम लगाए। उनले पार्टीभित्र एउटा पद धारण गरेको व्यक्ति मन्त्री नबनाउने नीति तयार पारे। विष्णु पौडेल एमाले उपाध्यक्ष समेत रहेको हुँदा सरकारमा मन्त्री पनि खाने अनि पार्टीमा पनि पद धारण गर्ने कुरा अशोभनीय हुने र यसो गर्दा अवसर नपाएका माथि अन्याय हुने भन्दै ओली पौडेललाई मन्त्री नबाउन खोजिरहेका थिए।
चितवनमा भएको एमालेको दशौं अधिवेशन पछि ओली विष्णु पौडेलप्रति रुष्ट बनेका थिए। एमालेमा ओली पछि कसले नेतृत्व गर्ने भन्नेमा शंकर पोखरेल वा विष्णु पौडेल मध्ये एक भन्ने चर्चा सुनिन्छ। विष्णु पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। सोही कारण शंकर पोखरेल र केपी ओली पौडेललाई शक्तिशाली बन्नबाट रोक्न चाहन्छन।
आईतबार एमालेमा मन्त्री छनोटको प्रक्रिया टुङ्गिने क्रममा थियो। ओलीले कतै मन्त्रीहरुको संभावित नाम समेत पार्टी समूहबाट बाहिरिन दिएका थिएनन्। आईतबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवासमा केपी शर्मा ओलीलाई भेटघाटमा बोलाईन् र आफू निकटका विष्णु पौडेल, गोकुल बास्कोटा र समानुपातिक सांसद दीपा शर्माको नाम मन्त्री बनाउन ओलीलाई सिफारिश गरिन्।
१० औँ अधिवेशन पछि ओली बास्कोटा प्रति पनी रुष्ट बनेका थिए। बास्कोटाको विवादित छवि भएका कारण उनलाई मन्त्री नदिन ओलीलाई सहज भयो। पूर्वराष्ट्रपति भण्डारी सँगको भेटपछि ओली अन्तत: विष्णु पौडेललाई अर्थमन्त्री दिन तयार भए।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया