कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १३० रुपैयाँ तथा दसहरी आँप १०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भैरहेको छ । अनारको २८०, केरा १३० रुपैयाँ दर्जन, हरियो तरबुजा ६५, लोकल काक्रो ८०,आभोकाडो ५५०, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा २० र नेपाली ठुलो गोलभेडा ७०, अदुवा २२०, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ८०, लौका २५, कागती २०० त्यस्तै, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १०० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३५, हाइब्रीड सेतो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६० र राजमा घिउ सिमी १४० रुपैयाँ, पाकेको फर्सी ६० र हरियो डल्लो फर्सी ६० रूपैयामा खरिदबिक्र हुदैछ भने रायोको साग ६० रुपैयाँमा खरिदबिक्री हुँदा हुदैछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, हरियो प्याज १५० र पुदीना ५०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १२०, चाइनिज सुकेको लसुन २४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४० र हरियो धनिया १५० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा हिजोको तुलनामा ५० रुपैयाँले बढेर २८० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा १० रुपैयाँले बढेर २५० र रहु माछा १० रुपैयाँले बढेर ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।



![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया