नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनको नतिजापछि आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीका लागि सुधारको बाटो सुझाएका छन्।भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,“हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। निर्वाचनमा जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृत गरेका छन्। आजको वस्तुगत यथार्थ यही हो।”
उनले भनेका छन् कि एमालेले भदौ २३–२४ पछि लिएको नीति ठिक थिएन र त्यसमा सुधार (‘करेक्सन’)को माग पटक–पटक बैठक, भेटघाट र महाधिवेशनमार्फत गरिएको भए पनि सफल नभएको बताउँदै,“अब पुनः छलफल र बहस खुला गरिनु जरुरी छ। पूर्वाग्रह, भावना र षड्यन्त्रभन्दा माथि उठेर पार्टीभित्र गम्भीर छलफल गर्नुपर्छ।”
भट्टराईले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकता, र वाम–लोकतान्त्रिक विचारधाराको रक्षा सबैको साझा जिम्मेवारी भएको पनि जोड दिएका छन्। उनले सकारात्मक सहकार्य र साझा राष्ट्रिय जिम्मेवारीका लागि सबैमा अपिल समेत गरेका छन्।




















प्रतिकृया