खोटाङ हेलिकप्टर दुर्घटनाबारे के भन्छ एयर डाइनेस्टी ?

खोटाङ हेलिकप्टर दुर्घटनाबारे के भन्छ एयर डाइनेस्टी ?
Photo Credit: Rato Pati

काठमाडौंबाट खोटाङतर्फ उडेको एयर डाइनेस्टीको ९एन-एएफक्यू कलसाइन हेलिकप्टर बुधबार बिहान ११:५१ बजे दुर्घटनामा परेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, हेलिकप्टरमा चालक दलसहित ६ जना सवार थिए। दुर्घटनामा परी ७४ वर्षीय कतिबहादुर राई घाइते भएका छन्। उनको खुट्टा र आँखामा चोट लागेको बताइएको छ। राईलाई तत्कालै एयरलिफ्ट गरेर धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको छ। बाँकी ५ जना यात्रु सकुशल रहेका छन्।

हेलिकप्टर ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए, जससँग ७ वर्षको कार्यअनुभव र १,१०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड छ। कम्पनीले अहिले दुर्घटनाका प्राविधिक कारण वा अन्य कारणबारे खुलासा गरेको छैन।

एयर डाइनेस्टीका प्रवक्ता एवं वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले भने: “हाम्रो प्राथमिकता घाइतेको उपचार र परिवारलाई सहयोग गर्नु हो। चिकित्सक र तालिमप्राप्त कर्मचारीहरू घाइतेको सहयोगमा खटिएका छन्। हामी घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं र थप विवरण प्राप्त हुनासाथ सञ्चारमाध्यमलाई जानकारी दिनेछौं।”

कम्पनीले घाइते यात्रु र परिवारको गोपनीयताको सम्मान गर्न सञ्चारमाध्यमसँग आग्रह पनि गरेको छ।

648736166 3368253993331308 1953671076724011669 n https://bajarkochirfar.com/what-does-air-dynasty-say-about-the-khotang-helicopter-crash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स