कांग्रेसका सांसदलाई एमालेको कटाक्ष: सत्तामा छन् कि प्रतिपक्षमा – चिन्नै गाह्रो!



Advertisement
Ads

प्रतिनिधिसभामा आज नेकपा (एमाले) का सांसद गोकर्ण विष्टले नेपाली कांग्रेसका नेताहरूलाई लक्षित गर्दै वर्तमान सत्ता गठबन्धनप्रति कटाक्ष गरेका छन्।

सांसद विष्टले बोल्दै भने, “कहिलेकाहीँ यस्तो लाग्छ – सत्तामा रहेका साथीहरू सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्नै गाह्रो हुने अवस्था बनेको छ।” उनले यस्तो अस्पष्ट भूमिका समाप्त गरी ‘गठबन्धन संस्कृति’ विकास गर्न आग्रह गरे।


Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्थायी होइन भन्ने उल्लेख गर्दै उनले भने, “यो सरकार अजम्बरी होइन। एक दिन त जान्छ नै।” साथै, उनले गठबन्धनबीचको समझदारीअनुसार आगामी समयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण हुने तय भइसकेको पनि स्मरण गराए।

“तर सरकार गयाे गयो सरकार रह्योरह्यो भन्ने विवादतिर नलागेर सरकार जति दिन रहन्छ, त्यो अवधिमा जनताका पक्षमा काम गर्नुपर्छ।” उनले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर