नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनःगठन गर्न अपिल गरेका छन्। रुपन्देही क्षेत्र नं. २ बाट एमालेका तर्फबाट उम्मेदवार भएर पराजित भएका पौडेलले आज जारी विज्ञप्तिमार्फत विगतका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन्।
उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएको उल्लेख गर्दै, “म रुपन्देही क्षेत्र नं. २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु” भनेका छन्। साथै उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै, यस क्षेत्रका जनताका अपेक्षाअनुसार उत्कृष्ट काम गर्न र रुपन्देहीको विकास तथा समृद्धिको यात्रालाई अझै उचाइमा पुर्याउने आशा व्यक्त गरेका छन्।
पौडेलले थप भनेका छन्, “यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्ने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्ने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।”














प्रतिकृया