यो साता माइक्रोफाइनान्स कम्पनीहरुमा उछाल, कुन-कुन कम्पनीले लगानीकर्तालाई बनायो मालामाल?



Advertisement
Ads

यो साता सेयर बजार २.४२ प्रतिशत अर्थात् ६५ अंकले बढेर २७४३ अंकमा बन्द भएको छ। यो साता चार दिन कारोबार भएको थियो भने एकदिन सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन। गत साता २६७८ अंकमा रहेको बजार यो साता चारै दिन सकारात्मक रहेको छ। आइतबार १९.५६ उकालो लागेको बजारमा ९ अर्ब ४७ करोड ९ अर्ब ४७ करोड भएको थियो ।सोमबार थप २९.८७ अंकले बढेर १० अर्ब ४ करोडको कारोबार भएको थियो। त्यसपछि मंगलबार १२.६८ बढेर १० अर्ब ४३ करोडको कारोबार  र बिहीबार ३.१४ अंकले बढेर बजार उकालो लागेको हो।

यो साता सेयर बजार समग्र रूपमा सकारात्मक देखिएको छ, जहाँ धेरैजसो उपसमूहहरूले वृद्धि गरेका छन्। समग्र बजार २.४२ प्रतिशतले बढ्दा अन्य उपसमूह सबैभन्दा बढी उकालो लागेको छ। अन्य उपसमूह ७ प्रतिशतले बढेको छ। त्यस्तै, जीवन बीमा उपसमूह पनि ५.४५ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, माइक्रोफाइनान्स उपसमूह ३.२३ प्रतिशतले वृद्धि भई ५ हजार ३०२  बाट ५ हजार ३७६ अंकमा पुगेको छ। यस साता माइक्रोफाइनान्स उपसमूह ३.२१ प्रतिशतले बढ्दा  सबैभन्दा बढी बढ्ने १० कम्पनीमध्ये ४ कम्पनी  माइक्रोफाइनान्स कम्पनीहरु रहेको छ।


Advertisement

यस साता सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनी गार्डियन माइक्रो लाइफ रहेको छ। गत साताको अन्तिममा ४८४.६ रुपैयाँ रहेको गार्डियन माइक्रो लाइफको सेयर मूल्य बढेर ७०९.३ रुपैयाँ  पुगेको छ। कम्पनीको सेयरमूल्य ४६.३७ प्रतिशतले बढेको हो। दोस्रो धेरै बढ्नेमा विन नेपाल लघुवित्त रहेको छ। विन नेपाल लघुवित्तको सेयर मूल्य २७०५.५ रुपैयाँबाट ३९५० रुपैयाँ पुग्दा ४६.०० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य २३८१ रुपैयाँबाट ३१०० रुपैयाँ पुग्दा ३०.२० प्रतिशतले उकालो लागेको छ। लक्ष्मी लघुवित्तका लगानीकर्ताले पनि यस साता राम्रै नाफा कमाएका छन्। लक्ष्मी लघुवित्तको सेयर मूल्य १८.५० प्रतिशतले बढेर १३४५ रुपैयाँ पुगेको छ। साथै, रावा हाइड्रोपावरको सेयर मूल्य पनि ८३१ रुपैयाँबाट ९६६  रुपैयाँ पुग्दा यो साता मात्रै १६.२५ प्रतिशतले वृद्धि भएको छ।

अन्य कम्पनीहरु जस्तै: इमेर्जिंग नेपालको १६.२१ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको  १३.०६ प्रतिशत, ओरिएन्टल होटलको १२.७४ प्रतिशत, रिलायान्स फाइनान्स को १२.३५ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ११.४२ प्रतिशतले वृद्धि भएको छ।

TOP GAINERS 37 https://bajarkochirfar.com/this-weeks-surge-in-microfinance-companies-which-companies-made-investors-rich | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर