पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालले निरन्तर निगरानीमा राखेको छ।
ओली मिर्गौला प्रत्यारोपणपछि उपचारमा रहेका बिरामी रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीसँग हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन (एपीसीसहित उपचारमा) र पित्तथैलीसम्बन्धी समस्या (कोलेलिथियासिस) छन्।
अहिले उनी अस्पतालको एनेक्स–१, बेड नं. ५०१ मा चिकित्सकीय निगरानी र उपचारमा छन्। स्वास्थ्यकर्मीहरूको टोलीले उनको अवस्थाको नियमित अनुगमन गरिरहेको छ।
अध्यक्ष ओलीलाई २०८२ मंसिर १४ गते मुटुको धड्कन असामान्य रूपमा तीव्र बढ्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।


प्रतिकृया