प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूचीहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूचीहरु

प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेश हुने भएका हुन् ।

Parliament6 https://bajarkochirfar.com/the-house-of-representatives-meeting-is-being-held-today-here-are-the-agendas | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स