प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभाको आज आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि यो विषयमा छलफल वैशाख २२ गतेदेखि सुरु भएको हो।

यस क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाको उल्लेख नहुँदाको गुनासो गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नवीनता र युवामैत्री धारणा नरहेको टिप्पणी गरे। राप्रपाकी सांसद विना लामाले समावेशी र पारदर्शी कार्यान्वयनमा जोड दिइन् भने एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले मधेस उपेक्षित भएको गुनासो राखे। जसपाका सांसद वीरेन्द्र महतोले पूर्वाधार बजेटका लागि छुट्टै समिति बनाउन माग गरे।

पूर्व अर्थमन्त्री वर्षमान पुनले कार्यक्रमबिना नीति ल्याइनु भ्रम उत्पन्न गर्ने बताए भने सांसद अमरेशकुमार सिंहले सडक पूर्वाधारको अभावको आलोचना गरे। सोबिता गौतमले विद्यार्थीलाई दिइने पार्टटाइम कामको घण्टा नघटाउन अनुरोध गरिन्।

यी लगायत अन्य सांसदका ३७ संशोधन प्रस्ताव निर्णयार्थ आजको बैठकमा प्रस्तुत गरिनेछ, जसमा प्रधानमन्त्री ओलीले समग्र प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स