प्रतिनिधिसभा बैठक आज बस्दैँ, अर्थमन्त्री पौडेलको आर्थिक विधेयक सहित यी विषयहरुमा छलफल हुने

प्रतिनिधिसभा बैठक आज बस्दैँ, अर्थमन्त्री पौडेलको आर्थिक विधेयक सहित यी विषयहरुमा छलफल हुने

संघीय संसद भवन, नयाँ बानेश्वरमा आज दिउँसो १:०० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार विभिन्न विधेयकहरू पेश तथा छलफल हुनेछन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको एकसट्ठियौं वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्। त्यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेश गर्नेछन्।

गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्। यस विधेयकमाथि सांसद प्रेम सुवालले दिएको विरोध सूचना पनि निर्णायक मतदानमा पेश गरिनेछ। साथै, ‘नेपाल प्रहरी विधेयक, २०८१’ तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश छ।

त्यस्तै, अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनका विभिन्न बुँदाहरू र ‘विधायन विधेयक, २०८०’ का दफाहरूलाई निर्णयार्थ पेश गरिनेछ। कानुन मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

तर, सरकारले आजको बैठकको कार्यसूचीमा कुनै अध्यादेश समावेश गरेको छैन।

newskarkahna news813400 https://bajarkochirfar.com/the-house-of-representatives-is-meeting-today-and-these-issues-including-finance-minister-poudels-economic-bill-will-be-discussed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स