सरकारले जनतालाई रोग, भोक र शोकमा डुबायो: सांसद तिमिल्सिना

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १८ गते
सरकारले जनतालाई रोग, भोक र शोकमा डुबायो: सांसद तिमिल्सिना

सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारमाथि जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाइन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सहकारीहरूले जनताको बचत हिनामिना गरेर बिचल्ली पारेको बताइन्।

‘वृद्धवृद्धाले जीवनभर एकएक गरी बचत गरेको रकम सहकारीहरूले तहसनहस बनाएका छन्। राजनीतिक दलहरू नसम्हालिँदा तिनै दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न छन्,’ उनले भनिन्।

सांसद तिमिल्सिनाले सरकारलाई सहकारी ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आग्रह गरिन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स