प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ ।आज दिउँसो १ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा (एमाले) आठ स्थानमा विजयी भएको छ भने एक स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् । श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भएको छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएको छन् ।
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ८६ लाख ५३ हजार ४१६ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले ४१ लाख ८० हजार ३२२, कांग्रेसले १३ लाख ९७ हजार ८७४, एमालेले ११ लाख ८० हजार ७९४ र नेकपाले छ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले तीन लाख चार हजार ५७१ र राप्रपाले दुई लाख ८३ हजार २२१ मत प्राप्त गरेको छ ।














![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-768x432.jpg)





![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)
प्रतिकृया