नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालका सहकारी संस्थामा जम्मा गरिएको खर्बौं रकम नाटो देशको सैन्य संगठनको हितमा गएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासङ्घ हुँदै साम्राज्यवादी सैन्य संगठनको पक्षमा प्रयोग भएको आरोप लगाए। उनले सरकारसँग प्रश्न गर्दै भने, “सत्र हजार सहकारी संस्थाको रकम खारेज गर्न लागिएको छ भने पीडितको बचत कसरी फिर्ता गरिने हो?”
सुवालले सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गराउनुपर्ने सुझाव दिए। उनले सहकारी संस्थामा चार खर्बको लगानी भए पनि स्रोतको अभावमा निगरानीको समस्या रहेको बताए। साथै, उनले सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति र लगानी रोक्का गरी पासपोर्ट जफत गर्नुपर्ने आवश्यकता रहेको पनि जोड दिए।
सांसद सुवालले देशको हितका लागि राष्ट्रपति वा प्रधानमन्त्री बन्नुभन्दा व्यवसाय र उद्योगमा जोड दिनुपर्ने कुरा पनि उल्लेख गरे। उनले भने, “सरकारले जनताबाट उठाएको करले मात्र काम गर्न सक्दैन, देश र जनताको सेवा गर्न उद्योग र व्यवसायको पनि आवश्यकता छ।”


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया